सीआरएचद्वारा निःशुल्क स्वास्थ्य जॉंच सम्पन्न

Sunday, 28 Feb, 7.13 pm
गान्तोक, 28 फरवरी (हिस)। सिक्किम मणिपाल विश्वविद्यालय अधीनस्थ तादोङस्थित सेण्ट्रल रेफरल अस्पताल (सीआरएच) ले शनिबार रानीपुलको कल्याण आश्रम र बोझोघारीको चाइल्ड केयर इन्स्टीट्यूटका नानीहरूको निम्ति निःशुल्क स्वास्थ्य जॉंच आयोजन गऱ्यो। यस अवधि 5 देखि 15 वर्ष उमेर पुगेका नानीहरूको स्वास्थ्य जॉंच गरिएको जानकारी विज्ञप्तिमा दिइएको छ। हड्डी, दॉंतलगायत अन्य उपचारका साथै नानीहरूलाई पौष्टिक आहार पनि प्रदान गरिएको थियो।

हिन्दुस्थान समाचार/बिशाल