7 मार्चमा शहीद सुबेदार निरञ्जन सिंह छेत्रीको शालिग अनावरण गरिने

Sunday, 28 Feb, 7.23 pm

गान्तोक, 28 फरवरी (हिस)। आगामी 7 मार्च, 2021-को दिन भारतीय गोर्खा परिसंघ (भागोप), मणिपुर राज्य शाखाको सक्रियतामा भारतीय गोर्खाहरूकै प्रथम गोर्खा शहीद सुबेदार निरञ्जन सिंह छेत्रीको शालिग अनावरण गरिने भएको छ। यो शालिग राष्ट्रिय राजधानी दिल्लीको सांसद भवन परिसरस्थित शहीद मेजर दुर्गा मल्ल पछिको ठूलो उपलब्धी हो। उक्त जानकारी भागोप मणिपुर शाखाका मूल सचिव राहुल राई 'बोगिको' ले प्रेस विज्ञप्तिमार्फत दिएका छन्।

वर्ष 2019 देखि आरम्भ गरिएको यो शालिग निर्माण गत वर्ष 2020-मा कोरोनाका कारण अनावरण स्थगित थियो। शालिग अनावरण कार्यक्रममा मणिपुरका मुख्यमन्त्री एन. बिरेन सिंह, दार्जीलिङका सांसद राजु बिष्ट, भारतीय गोर्खा परिसंघ राष्ट्रियका अध्यक्ष सुखमान मोक्तान, भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष मुनिष तामाङ, भागोप केन्द्रिय कार्यकारी समिति र मणिपुर राज्य समितिका पदाधिकारीहरूका साथै अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ।